रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा सर्प उद्धार तथा व्यवस्थापन तालिम सुरु

[sharethis-inline-buttons]

धनुषा, मधेस प्रदेश – धनुषा जिल्लामा पाँच दिने सर्प उद्धार तथा व्यवस्थापन तालिम सुरु भएको छ। डिभिजन बन कार्यालय धनुषाको आयोजनामा सुरु भएको यस तालिमको उद्घाटन डिभिजन बन कार्यालयका प्रमुख बिनोद सिंहको अध्यक्षतामा गरिएको हो।

तालिमको प्रमुख अतिथिको रूपमा मिथिला विहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद यादव उपस्थित रहनुभएको थियो। कार्यक्रमका अन्य विशेष अतिथिहरूमा सशस्त्र प्रहरी बल धनुषाधामका निरीक्षक कृष्ण भण्डारी, बन अधिकृत अनिलकुमार साह र शंकरनारायण झा, पत्रकार मुकेश कुमार ठाकुर, मिथिला वाल्ड लाइफ ट्रस्टका देवनारायण मण्डल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, र अन्य वन कर्मचारीहरू सहभागी भएका थिए।

कार्यक्रमको पहिलो दिन मिथिलेश्वरस्थित कल्चर भिलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। यस तालिमले सर्प व्यवस्थापन र उद्धारमा आवश्यक सीप तथा ज्ञान प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तालिमको सञ्चालन वन अधिकृत शंकरनारायण झाले गर्नुभएको हो।

पाँच दिनसम्म चल्ने यस तालिमले सर्पजन्य समस्या व्यवस्थापनमा स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर