रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा माघ मकर मेला आयोजनाका लागि ठेक्का सम्झौता, ४७ सदस्यीय समिति गठन

[sharethis-inline-buttons]

मुकेशकुमार ठाकुर ।धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित श्रो धनुष जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आगामी माघ मकर मेला माघ मसान्तमा आयोजना गर्न ठेक्का सम्झौता गरिएको छ। वडा अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न प्रतिनिधि, नागरिक अगुवा, र स्थानीय नेताहरूको उपस्थितिमा मेला व्यवस्थापनका लागि ४९ सदस्यीय समिति गठन गरिएको हो।

समितिको संयोजक सुनिल यादवलाई बनाइएको छ भने समिति गठन कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष सुनिल कापर केवट,वडा नं. २ का अध्यक्ष लक्ष्मी साह, वडा नं. ४ का अध्यक्ष मनोजकुमार यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद यादव, एमाले प्रदेश सदस्य संजय यादव, पूर्व वडा अध्यक्ष रजकिशोर साहलगायतको उपस्थिति थियो।

बैठकले माघ मकर मेला आयोजना गर्न टेन्डर प्रक्रिया मार्फत ठेक्का सम्झौता गरेको छ। धनुषाधाम नगरपालिका वडा नं. १ निवासी दिपक साहले रु १२,७०,००० (बार्ह लाख सत्तरी हजार) मा मेला व्यवस्थापनको ठेक्का पाएका छन्।

मेला समितिले मेलाको सफलताका लागि आवश्यक तयारी तथा व्यवस्थापन कार्य तत्काल अघि बढाउने निर्णय गरेको छ। मकर मेलाआर्थिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्व भएकाले यसपटक मेलालाई अझ व्यवस्थित र भव्य बनाउने लक्ष्य राखिएको छ।

यस मेलाले स्थानीय स्तरमा आर्थिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर