रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरमा ट्रकको ठक्करले एक व्यक्तिको ज्यान गयो

[sharethis-inline-buttons]

सरोज झा।जनकपुर, माघ ४ – जनकपुरधाममा आज बिहान ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी जिल्ला, महोत्तरी गाउँपालिका-५ हरि गोइरगमा टोलका ५५ वर्षीय सत्यनारायण साह रहेका छन्।

घटना जनकपुरधाम-७ परिक्रमा रोडमा बिहान करिब ९:२० बजे भएको हो। सिमेन्ट लोड भएको ट्रकले साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार साह परिक्रमा रोडमा हिँडिरहेका थिए, त्यही समयमा ट्रकले उनलाई किचेको हो। दुर्घटनापछि ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घटनास्थलमा स्थानीयको ठूलो भिड जम्मा भएको थियो भने मृतकको शव पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर