रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाम: शारदा अग्रवाल मारवाड़ी महिला मंचको अध्यक्षमा निर्विरोध निर्वाचित

[sharethis-inline-buttons]

जनकपुरधाममा आज सम्पन्न मारवाड़ी महिला मंचको निर्वाचनमा शारदा अग्रवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्। निर्वाचन अधिकृत निर्मल चौधरीको संयोजकत्वमा सम्पन्न भएको थियो।

निर्वाचन परिणामअनुसार अन्य पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष दीपा चौधरी, उपाध्यक्ष रञ्जु रुंगटा, महासचिव ऋतु अग्रवाल, सचिव स्तुति सर्राफ, कोषाध्यक्ष नाजुक जैन तथा कार्यसमिति सदस्यहरूमा सिमरन झुनझुनवाला, दीपा चौधरी अग्रवाल, नेहा मोहनका, रंजिता सिंघानिया, इतिका टेबरीवाल र सरिता अग्रवाल निर्वाचित भएका छन्।

निर्वाचन पश्चात प्रमुख निर्वाचन अधिकृत चौधरीले विज्ञप्ति जारी गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। यस अवसरमा नयाँ अध्यक्ष अग्रवालले महिला सशक्तीकरण र सामाजिक विकासका लागि मंचले नयाँ योजना र कार्यक्रमहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर