रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बलिदानी दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली

[sharethis-inline-buttons]

माघ ५, काठमाडौं । आज बलिदानी दिवसको अवसरमा मधेश जनविद्रोहका प्रथम सहिद रमेश महतोसहितका सहिदहरूको सालिकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गर्नुभएको छ। सिरहाका रमेश महतोसहित संघीयता, पहिचान, समावेशीकरण लगायतका अधिकार प्राप्तिका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूको स्मरण गर्दै यादवले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

उहाँले सहिदहरूको बलिदानबाट प्रेरणा लिएर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो। यादवले संघीयता, पहिचान, र समावेशीकरणको आन्दोलनलाई सहिदहरूको सपना पूरा हुनेगरी अघि बढाउनुपर्ने बताउनुभयो।

बलिदानी दिवसका अवसरमा विभिन्न स्थानमा पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रमहरू आयोजना गरिएको छ। मधेश आन्दोलनका क्रममा आफ्नो प्राण आहुति दिने वीर सहिदहरूको योगदानलाई स्मरण गर्दै उनीहरूको बलिदानले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

सहिद रमेश महतोले २०६३ सालमा मधेश आन्दोलनका क्रममा आफ्नो बलिदानी दिनुभएको थियो। उहाँ मधेश आन्दोलनका प्रथम सहिद हुनुहुन्छ। उहाँको योगदानलाई स्मरण गर्दै बलिदानी दिवस हरेक वर्ष विशेष कार्यक्रम गरी मनाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर