शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवको नेतृत्वमा आज विभिन्न विद्यालयहरूमा अनुगमन गरेको छ।
नगर प्रमुखसँगै वडा अध्यक्ष मनोज कुमार दास, तनुकलाल कुसियैत यादव तथा शिक्षा समितिका सदस्यहरूको टोलीले यस अनुगमनमा सहभागिता जनाएका थिए।
अनुगमन टोलीले एसएनआर मावि धवौली, यादव आधारभूत विद्यालय धवौली, निमावि नेमुवाटोल, श्री आधारभूत विद्यालय बासुदेवपट्टी र मावि महुलिया जस्ता विद्यालयहरूको अवस्था निरीक्षण गरेको छ। टोलीले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, र व्यवस्थापनका विविध पक्षहरूको मूल्याङ्कन गर्दै आवश्यक सुधारका लागि सुझावहरू प्रदान गरेको छ।
अनुगमनको क्रममा नगर प्रमुख यादवले विद्यालयहरूको गुणस्तर सुधार गर्न नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन नगरपालिकाले निरन्तर काम गर्ने नगर प्रमुख यादवले बताएका छन्।
यस अनुगमन कार्यक्रमले नगरपालिकाभित्रका विद्यालयहरूको शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




