रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकामा सडक निर्माण कार्य सुरु

[sharethis-inline-buttons]

सबैला नगरपालिका वडा नम्बर १ मा विकास निर्माणको महत्वपूर्ण परियोजना अन्तर्गत सडक निर्माण कार्य सुरु गरिएको छ।

नगरप्रमुख कारीराम यादव र वडा अध्यक्ष मिथिला शाहको समन्वयमा, सडक बोर्डको आर्थिक सहयोगमा देवी थानदेखि बाबा पोखरी हुँदै सिकियाहा सीमाना सम्म जोडिने सडक निर्माणको शुभारम्भ गरिएको हो।

यस महत्वपूर्ण योजनाको अनुगमन आज नगरप्रमुख यादव सहित स्थानीय जनप्रतिनिधिहरूले गरेका छन्। सडक निर्माणले स्थानीयवासीको आवतजावतलाई सहज बनाउँदै गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नगरप्रमुख यादवले भने, “यस सडकले गाउँलाई शहरसँग जोड्ने मात्र होइन, कृषि उत्पादन र व्यापार प्रवर्द्धनमा समेत टेवा पुर्‍याउनेछ। हामी विकासको प्रत्येक परियोजनामा जनसहभागितालाई प्राथमिकतामा राखिरहेका छौं।”

वडा अध्यक्ष मिथिला शाहले पनि यस परियोजनालाई दिगो विकासको उदाहरणका रूपमा लिँदै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर