रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

समाजवादी मुस्लिम संघ, नेपाल धनुषा जिल्लाको भेला सम्पन्न

[sharethis-inline-buttons]

धनुषाधाम, धनुषा:
समाजवादी मुस्लिम संघ, नेपाल धनुषा जिल्ला स्तरीय भेला सफलतापूर्वक सम्पन्न भएको छ। उक्त भेला समाजवादी मुस्लिम संघ, नेपाल धनुषाका उपाध्यक्ष मो. अजिम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

भेलाको प्रमुख अतिथि जसपा, नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर प्रसाद यादव थिए। विशिष्ट अतिथिका रूपमा पूर्व उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेख अबुल कलाम अजाद (फुल बाबु), जसपा नेपालका पूर्व संघीय परिषद सदस्य मो. अब्दुला शेख, समाजवादी मुस्लिम संघ मधेश प्रदेश अध्यक्ष युवा मो. मुसाहिद हुसैनलगायत विभिन्न नेताहरू उपस्थित थिए।

भेलामा धनुषा जिल्लाका विभिन्न नगर तथा वडास्तरका नेताहरू, मुस्लिम अगुवा, बुद्धिजीवी, तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उपस्थित नेताहरूले संगठनको सुदृढीकरण, समुदायका मुद्दाहरू र संगठनको भावी रणनीतिबारे आ-आफ्नो मन्तव्य व्यक्त गरे।

भेलाले पार्टी र संगठनको परिपत्रअनुसार समयमा अधिवेशन गराउने निर्णय गरेको छ। सर्वसम्मत निर्णयअनुसार धनुषा जिल्लाको अधिवेशन गराउने जिम्मेवारी रहमत राईनलाई दिइएको छ।भेलाको उद्घोषन रहमत राईनले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर