रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकामा चिसोका कारण विद्यालय बन्द

[sharethis-inline-buttons]

धनुषा, माघ १० – सबैला नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखी माघ १० देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षा समितिको २०८१ माघ ९ गते बसेको बैठकले वर्षे विदाबाट कट्टा हुने गरी यो निर्णय गरेको हो।
हालको प्रतिकूल मौसमका कारण विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा समस्या भएको र चिसोले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने देखिएकाले यस्तो कदम उठाइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिर कुमार महतोका अनुसार यो निर्णय बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर लिइएको हो। यो अवधिमा मौसममा सुधार भएमा मात्र विद्यालय पुनः सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ।
चिसो मौसम र हुस्सुले तराई क्षेत्रमा जनजीवन कष्टकर बनाएको छ, जसले विशेष गरी बालबालिका, वृद्धवृद्धा र कमजोर स्वास्थ्य भएका व्यक्तिलाई प्रभावित बनाएको छ। यस अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहहरूले आफ्ना क्षेत्रगत आवश्यकताअनुसार कदम चालिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर