रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भारत रत्न महान जननायक कर्पूरी ठाकुरको १०१औं जयन्ती समारोह धनुषामा सम्पन्न

[sharethis-inline-buttons]

माघ ११-धनुषा जिल्लाको मिथिला नगरपालिका, ढल्केबरस्थित कृषि सेवा केन्द्र सभाकक्षमा भारत रत्न कर्पूरी ठाकुरको १०१औं जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा अध्यक्षता कुश्वर ठाकुरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा नेपाल नाइ समाजका अध्यक्ष डा. राजेन्द्र ठाकुर रहनुभएको थियो।

समारोहमा विशिष्ट अतिथिका रूपमा संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अशोक कुमार ठाकुर र नेपाल पिछडावर्ग (ओबीसी) प्रदेश सहसंयोजक उमेश ठाकुरको उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा वक्ताहरूले कर्पूरी ठाकुरको समाज सुधार, शिक्षामा पहुँच र समानताको लागि पुर्‍याउनुभएको योगदानमाथि प्रकाश पार्दै उहाँको जीवन दर्शनबाट प्रेरणा लिन सबैलाई आह्वान गरेका थिए।

समारोहमा स्थानीय नेतागण, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले कर्पूरी ठाकुरको विचार र योगदानलाई नयाँ पुस्तामाझ पुर्‍याउने प्रयास गरेको आयोजकले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर