रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाको मुर्गिया खोलामा ड्याम निर्माण हुने, स्थानीय खुशी

[sharethis-inline-buttons]

धनुषा, धनुषाधाम नगरपालिका वडा नं। ९ स्थित मुर्गिया खोलामा ड्याम निर्माण हुने भएको छ। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले आज उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

झण्डै एक दशकदेखि ड्याम निर्माणका लागि प्रयासरत पूर्व वडा अध्यक्ष संजिप यादवको अथक प्रयास र स्थानीयको सहयोगले अब यो महत्वाकांक्षी योजना अघि बढ्ने भएको हो। स्थानीयले माटोको बाँध लगाएर खोलाको पानी गाउँमा ल्याई सरकारलाई देखाएपछि यस योजनाले सरकारले विशेष चासो लिएको हो।

सभामुख रामचन्द्र मण्डलले ड्याम निर्माणपछि खानेपानी र सिंचाइको समस्या समाधान हुने र उत्तरी क्षेत्र हरियाली बनाउने बताए। मन्त्री शेषनारायण यादवले हालका लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए। उनले भने, ूयो बजेट पर्याप्त नभए पनि यसलाई बहुवर्षीय योजना बनाएर छिटो अघि बढाउनेछौं।ू

मेयर बालेश्वर मण्डलले नगरपालिकाको सहयोगमा जेसीबी प्रयोग गरी बाँध निर्माणको काम सुरु भइसकेको बताए। उनले सभामुख र मन्त्रीको सहभागिताले यस योजनालाई बहुवर्षीय रूपमा अघि बढाउन विश्वास व्यक्त गरे।

स्थलगत अनुगमनमा नगर उपप्रमुख विद्या देवी भुजेल, वडा नं। ९ का अध्यक्ष सुरज लामा, वडा नं। २ की लक्ष्मी साह, वडा नं। ८ का कपिलबहादुर बस्नेत, वडा नं। ६ का ऋषि लामा, राजनीतिक दलका नेता, कार्यकर्ता, र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयले ड्याम निर्माणले उनीहरूको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरेका छन्। योजना पूरा भएमा यो क्षेत्रको सिंचाइ, खानेपानी, र हरियाली प्रवर्द्धनमा ऐतिहासिक योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर