रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिटर ब्याजविरुद्ध जनकपुरधाममा किसानमजदुर आन्दोलन, हजारौंको जनजागरण र्‍याली

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ १४ – मिटर ब्याजको चपेटामा परेका किसान(मजदुरले आज जनकपुरधाममा ठूलो जनजागरण र्‍याली निकालेका छन्। किसान मजदुर आन्दोलन नेपालले तिरहुतिया गाछीबाट सुरु गरेको र्‍याली मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसम्म पुग्ने कार्यक्रम थियो प्रहरीले मिल्सएरियामै रोकेका थिए ।

र्‍यालीमा हजारौं पीडित सहभागी भएका थिए। उनीहरूले ूमिटर ब्याजको अन्त्य गरू, ूशोषणमुक्त समाज चाहिन्छू, ूकिसान(मजदुरको हक रक्षा गरू जस्ता नारा लगाउँदै मिटर ब्याजीलाइ कारबाहीको माग गरेका छन्।

र्‍यालीका क्रममा आन्दोलनकारीहरूले सरकारलाई मिटर ब्याजको समस्यालाई तत्काल समाधान गर्न दबाब दिएका छन्। उनीहरूले मिटर ब्याजले समाजमा गम्भीर आर्थिक संकट र सामाजिक अन्याय सिर्जना गरेको भन्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरे।

मुख्यमन्त्री मन्त्रीपरिषद कार्यालय अगाडि आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको घोषणा सभा केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले गरेका थिए ।
सरकारले मिटर ब्याज पीडितको समस्या  समयमै समाधान नगरेको कारण जनस्तरबाट आक्रोश अझ बढ्दै गएको स्पष्ट देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर