रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला सम्पदाको विश्व यात्रा दिगो विकास लक्ष्यमा कलाको भूमिका

[sharethis-inline-buttons]

२०२५ अप्रिलदेखि अमेरिकाको न्यूयोर्क सहरबाट सुरु भएको ूमिथिला सम्पदाू अभियानले विश्वव्यापी यात्राको औपचारिक शुभारम्भ गरेको छ। यो ऐतिहासिक पहलको उद्देश्य मिथिला कला र संस्कृतिको संरक्षण, प्रबर्द्धन र सामाजिक(आर्थिक विकासमा योगदान पुर्‍याउनु हो। मिथिला संग्रहालयका कार्यकारी निर्देशक तथा सामाजिक उद्यमी अमितप्रताप साहका अनुसार यो अभियानले परम्परागत सीप र कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघका १७ दिगो विकास लक्ष्यहरू ९एसडीजी० हासिल गर्ने दिशामा ठोस कदम चाल्नेछ।

साहले भने, “हामी यस विश्व यात्रामार्फत मिथिला कला, परम्परा र संस्कृति विश्वव्यापी रुपमा उजागर गर्दै सांस्कृतिक सम्पदालाई सुदृढ गर्न लागेका छौं। यो अभियानले कलाकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारीका अवसर सिर्जना गरी सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउनेछ।”

कार्यक्रमका मिडिया तथा मार्केटिङ संयोजक स्मृति मिश्रका अनुसार यो अभियानले मिथिलाको अद्वितीय लोक चित्रकलालाई विश्वसामु पुर्‍याउनेछ। मैथिली गीत, संगीत र नृत्यजस्ता परम्परागत कला, जसले मिथिला क्षेत्रको जनजीवन झल्काउँछ, यस यात्रामा विशेष स्थान पाउनेछन्। मिश्रले भनिन्, “कलाकारहरूलाई अवसरको अभावमा पेशा छोड्नुपर्ने बाध्यता यस कार्यक्रमले अन्त्य गर्नेछ। कला र कलाकारको उत्थानमार्फत रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ हाम्रो प्राथमिकता छ।”

अभियानका सल्लाहकार समितिका अध्यक्ष डा। वावुराम ढकालका अनुसार यो यात्रा मिथिला सभ्यता र संस्कृतिको संरक्षण गर्न मात्र सीमित छैन। अभियानले हजारौं वर्ष पुराना परम्पराहरू, सामुदायिक सद्भाव, पर्यावरणीय सन्तुलन, र महिला सशक्तिकरणका कथाहरूलाई विश्वभर पुर्‍याउने लक्ष्य राखेको छ। “रामायण, उपनिषद्, र पुराणजस्ता ग्रन्थमा उल्लेखित मिथिला सभ्यताको कथा यस अभियानले जीवन्त बनाउनेछ,” ढकालले भने।

संयुक्त राष्ट्रसंघका पूर्व लेखा परीक्षक तथा मिथिला सेन्टर अमेरिकाका अध्यक्ष नवल किशोर यादवका अनुसार यो यात्रा न्यूयोर्क लगायतका प्रमुख शहरहरूमा मिथिला संग्रहालय स्थापनाका लागि सहयोग जुटाउन केन्द्रित हुनेछ। यादवले भने, “मिथिला लोककला प्रदर्शन, सांस्कृतिक प्रस्तुतिहरू, कार्यशाला, र छलफल कार्यक्रमहरूमार्फत सांस्कृतिक चेतना फैलाउने यो अभियान ऐतिहासिक हुनेछ।”

२०१९ मा आरम्भ भएको मिथिला केन्द्र यू।एस।ए। को पहलले मिथिला क्षेत्रका परम्परागत कलालाई संरक्षण र प्रबर्द्धन गर्न निरन्तर काम गरिरहेको छ। यो अभियानले शिक्षा, सामाजिक र कलाकारहरूका आर्थिक समस्याहरू समाधान गर्न प्रतिबद्धता जनाएको छ।

मिथिला सम्पदाको यो विश्व यात्रा कला प्रेमी, सांस्कृतिक उत्साही र दिगो विकासका पक्षधरहरूलाई मिथिलाको समृद्ध सम्पदामा सहभागी गराउन र यसलाई उत्सवका रुपमा मनाउन आह्वान गरिएको छ। यो यात्रा दिगो विकास लक्ष्यहरूमा सांस्कृतिक सम्पदाको भूमिका उजागर गर्ने प्रेरणादायी प्रयासको रूपमा चिनिनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर