रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

देशलाई अझै असल नेताको खाँचो छ त ?

[sharethis-inline-buttons]

प्रमोद कुमार यादव ।धनुषा

नेपालको आमूल परिवर्तन र लोकतान्त्रिक गणतन्त्र स्थापनापछि, समसामयिक राजनीतिक अवस्था र नेतृत्वप्रति आम चासो स्वाभाविक छ। लोकतन्त्रमा विचारहरूको विश्लेषण, समिक्षा, बहस, आलोचना र समालोचना हुनु लोकतान्त्रिक मूल्य, मान्यता, र सिद्धान्तका दुई अनिवार्य पक्ष हुन्। तर, स्थिर सरकार, द्रुत आर्थिक(सामाजिक विकास, समृद्धि, र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सशक्त पहिचानका लागि अझ प्रभावकारी नेतृत्वको खाँचो छ।

हालको राजनीतिक अवस्था हेर्दा, नेपालमा नेतृत्व असफल प्रयासमै सीमित देखिन्छ। आन्तरिक र बाह्य राजनीतिक सन्तुलन कायम गर्न, साझा स्वामित्व र सहभागिता सुनिश्चित गर्न आवश्यक छ। राज्यले आफ्ना जनताप्रति दृष्टिकोण परिवर्तन गर्न नसकेसम्म, समृद्धि केवल सपना मात्र रहन सक्छ।

नेपालको संविधान २०७२ अनुरूप, संघीय शासन प्रणालीले तीन तहका सरकारहरूको परिकल्पना गरेको छ। यसको उद्देश्य लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी, र न्यायोचित वितरण हो। तर, संघीय सरकार, प्रदेश सरकार, र स्थानीय सरकारबीचको समन्वय अझै कमजोर छ। पूँजीगत खर्च गर्ने क्षमतामा सुधार आउन सकेको छैन, न त सेवा प्रवाहमा नै गुणस्तरीय परिवर्तन देखिएको छ।

राजनीतिक संस्कार र संस्कृति रुपान्तरण गर्न, अहंकार र वैचारिक विचलनभन्दा माथि उठी, जिम्मेवार संस्था र नेतृत्व वर्ग अझै जवाफदेही बन्न आवश्यक छ। आर्थिक नीति, भू(राजनीति, र कूटनीति सन्तुलित रूपमा सञ्चालन गर्न सक्नु नै दुरदर्शी नेतृत्वको विशेषता हो।

नेतृत्वले आत्मकेन्द्रित सोच, अवसरवादी घेराबन्दी, र दासत्व मानसिकताबाट माथि उठ्नुपर्छ। देशको समृद्धि, दिगो विकास, सुशासन, सामाजिक स्थायित्व, आर्थिक प्रगति, र राष्ट्रिय एकताको भावना बोकेर नीति निर्माणमा संलग्न हुनुपर्छ। नेतृत्व पद, पावर, पेशा, र परिवारवाद उन्मुख हुनुहुँदैनस क्षणिक लाभका लागि देखावटी राष्ट्रवादले दीर्घकालीन रूपमा राष्ट्रलाई कमजोर बनाउँछ।

अबको नेपालमा युवा पुस्ता सचेत, जिम्मेवार, र असल नागरिक बन्न आवश्यक छ। सुशासनको मार्गप्रति समर्पित भई, भ्रष्टाचार, अवसरवाद, र राजनीतिक स्वार्थभन्दा माथि उठ्ने नेतृत्व आजको आवश्यकता हो।

देश र जनताको जीवन परिवर्तनका लागि बलिदान दिने महान शहीदहरू प्रति उच्च सम्मान व्यक्त गर्दछु। उनीहरूको त्याग र संघर्षले आज हामीलाई स्वतन्त्रता, लोकतन्त्र, र न्यायको मार्ग देखाएको छ।

नेपालको भविष्य ‘ग्लष्तभ ७ च्गभि’ को सिद्धान्तमा आधारित हुनुपर्छ। जातीय, धार्मिक, वा भाषिक विभाजनभन्दा एकताको राजनीति अपनाउनु नै राष्ट्रको दीर्घकालीन समृद्धिको मार्ग हो। अबको नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठी, जनताको पक्षमा प्रभावकारी निर्णय लिन सक्नुपर्छ। असल नेता भनेका सत्तामा टिकिरहनका लागि होइन, राष्ट्रलाई स्थायित्व, समृद्धि, र न्याय दिलाउनका लागि नेतृत्व गर्नुपर्ने पात्र हुन्। नेपालको समृद्धि अझै सशक्त, दूरदर्शी, र निष्ठावान नेतृत्वको हातमा निर्भर छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर