जनकनन्दिनी गाउँपालिका(२, बल्हा गोठमा आज जनता संग जसपा नेपाल संगठन विस्तार अभियान अन्तर्गत वडा कमिटी बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष मो। नईम शेख ले गरेका थिए।
उक्त बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य अरुण सिंह मण्डल रहेका थिए भने अन्य विशिष्ट अतिथिहरूमा प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेश सांसद सलेन्द्र कुमार यादव, केन्द्रीय सदस्य तथा गाउँपालिका अध्यक्ष दिपिदेव यादव, जिल्ला कमिटी सदस्य धर्मेन्द्र गोईत, गाउँपालिका अध्यक्ष राधेश्याम यादव, गाउँपालिका सचिव तथा वाड नं। ५ का निर्वाचित वडा अध्यक्ष अशोक कुमार मण्डल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, बैठकमा वडा कमिटी उपाध्यक्ष मो। मस्ताकिम शेख, वडा कमिटी सचिव मो। अकबर शेख लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा संगठन विस्तार, पार्टी सुदृढीकरण तथा विकास निर्माणका विषयमा विभिन्न प्रस्तावहरू प्रस्तुत गरी छलफल गरिएको थियो। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जानकारी गराएको छ।




