धनुषाधाम, माघ १९—— धनुषाधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको धनुष मन्दिरमा पहिलो पटक दान पेटी स्थापना गरिएको छ। माघ मकर मेला समितिद्वारा आयोजित कार्यक्रममा नगर प्रमुख बालेश्वर मण्डलले दान पेटी उद्घाटन गर्दै यसलाई सकारात्मक परिवर्तनको रुपमा स्वागत गर्नुभएको छ ।
मेयर मण्डलले दान पेटीमा व्यक्तिगत रूपमा ५०५१ रुपैयाँ दान गर्दै धर्म र सेवाभावले समाजलाई अघि बढाउने उल्लेख गर्नुभयो । कार्यक्रममा मेला समिति अध्यक्ष सुनिल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख मण्डल रहनुभएको थियो।
सो कार्यक्रममा उपमेयर विद्या देवी भुजेल, वडा नं। ३ का वडा अध्यक्ष जयनारायण यादव, मन्दिरका महन्त भरत दास, अभियानी प्रमोद कुमार यादव, युवा नेता मदन साह, शिवकुमार यादव,लालु यादव ,लगायत सयौं श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
स्थानीयहरूले दान पेटी स्थापनालाई मन्दिर व्यवस्थापन तथा धार्मिक कार्यहरूको लागि सहयोगी कदमका रूपमा लिएको बताएका छन्।




