रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, मधेसमा मातृकाप्रसाद यादव

[sharethis-inline-buttons]

धनुषा, माघ २१— नेकपा ९माओवादी केन्द्र० ले विभिन्न प्रदेशका इन्चार्जहरू तोकेको छ। शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले प्रदेश तथा प्रवास इन्चार्जहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

निर्णयअनुसार मधेस प्रदेशको इन्चार्ज मातृकाप्रसाद यादव तोकिएका छन्। त्यस्तै, कोशी प्रदेशमा हरिबोल गजुरेल, बागमतीमा हितमान शाक्य, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल इन्चार्ज बनेका छन्।

पार्टीले विशेष प्रदेश र प्रवास संगठनहरूका लागि समेत इन्चार्ज तोकेको छ। विशेष प्रदेशको जिम्मेवारी जयपुरी घर्तीलाई दिइएको छ। प्रवासी संगठनहरूमा सार्क क्षेत्रमा लक्ष्मण पन्त, यूरोप(अमेरिकामा राम कार्की, र एसियाका लागि ओम शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रले नयाँ संरचनाअनुसार प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोक्दै संगठनलाई थप सुदृढ बनाउने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर