रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेशमा सञ्चार ऐन संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ २३ – मधेश प्रदेशमा सञ्चार क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी तथा उत्तरदायी बनाउने उद्देश्यसहित प्रदेश सञ्चार सम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा संशोधन प्रक्रिया अघि बढाइएको छ। यसै सन्दर्भमा गठित समितिले प्रारम्भिक मस्यौदाको खाका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई बुझाएको छ।

समितिको संयोजक आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव रहनुभएको छ भने सदस्यहरूमा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास र गृह, सञ्चार तथा कानुन मन्त्रालयकी कानुन अधिकृत शान्ता चौधरी रहनुभएको छ।

मस्यौदा हस्तान्तरण कार्यक्रममा नीति तथा योजना आयोगकी सदस्य शिला मिश्रा, मन्त्रालयका सचिव उद्धव रिजाल, मन्त्रालयका अधिकृत दिपेन्द्र यादव, साथै टेलिभिजन ब्रॉडकास्टिङ एसोसिएसन मधेश प्रदेशका अध्यक्ष विष्णु कुँवरको उपस्थिति रहेको थियो।

यस संशोधनले सञ्चार माध्यमहरूको नियमन, प्रेस स्वतन्त्रता तथा प्रविधि अनुकूल सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर