धनुषाधाम।
धनुषाका धनुषाधाम नरपालिकाका मेयर बालेश्वर मण्डलले किसानहरुलाई खुःशी दिएका छन ।
धनुषाधामका सिकानहरुलाई सिंचाई मिटरको विद्युत महसुल तिर्ने निर्णय मेयर मण्डलले गरेका छन । मयेर मण्डलको विशेष पहलमा यस कार्यक्रमको घोषणा गरेका थिए । धनुषाधाममा भोलि हुने विशेष कार्यक्रममा नगरवासी स्थानियवासी सहित सबैलाई आमन्त्रण गरेका छन । धनुषाधामका सबै जनप्रतिनिधि, राजनितिकर्मी बुद्धिजिवी र समाजसेवी सहितलाई भोलि हुने विपन्न वर्गलाई निःशुल्क मिटर वितरण तथा विद्युत चुहावट मुक्त नगरपालिका घोषणा कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सफल बनाई दिन मेयरले आग्रह गरेका छन । यो कार्यक्रमले नगर भित्रका सिकानको सिँचाई सुविधालाई सहज बनाउनका लागि यो निर्णय गरिएकोछ । किसानहरुलाई आर्थिक राहत र सबलता प्रदान गरि आत्मनिर्भर बन्न मद्दत हुने संकेत दिएका छन ।




