धनुषा, माघ २६ – धनुषाधाम नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, धनुषाधाम वितरण केन्द्रको समन्वयमा विद्युत् चुहावटमुक्त कार्यक्रमको सफल आयोजनासँगै चुहावटमुक्त नगरपालिका घोषणा गरेको छ।
अवसरमा आयोजित कार्यक्रममा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल तथा उपप्रमुख विद्या देवी भुजेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ५१ किलोको माला लगाई भव्य स्वागत गरेका थिए।
कार्यक्रमका सभापति समेत रहेका मेयर मण्डलले नगरवासीका लागि विद्युत जरिवानामा सहुलियतको माग गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष अनुरोध गरेका थिए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धनुषाधाम नगरपालिकालाई विद्युत चुहावटमुक्त देशकै तेस्रो तथा मधेस प्रदेशकै पहिलो नगरपालिका बन्न सफल भएकोमा बधाई तथा प्रशंसा व्यक्त गरे। उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने बताए।
नगरपालिकाको प्रयासलाई विद्युत प्राधिकरणले उच्च मूल्यांकन गर्दै आगामी दिनमा सहयोगको अपेक्षा गरेको छ।
धनुषाधाम नगरपालिका विद्युत् चुहावटमुक्त घोषणा, कुलमान घिसिङद्वारा बधाई
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




