रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा सहिद राम मनोहर यादव पार्क निर्माणको लागि जग्गा नापजाँच

[sharethis-inline-buttons]

धनुषा, फागुन २७ – प्रदेश गौरव योजना अन्तर्गत निर्माण हुन लागेको सहिद राम मनोहर यादव पार्क को लागि धनुषाधाम नगरपालिकामा जग्गा नापजाँच कार्य सम्पन्न भएको छ।

जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको अगुवाइमा आइतबार धनुषाधाम नगरपालिका वडा नं १ मा पार्क निर्माणका लागि प्रस्तावित जग्गाको नापजाँच गरिएको हो। यस क्रममा स्थानीय जनता पार्टी कार्यकर्ता तथा विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

नापजाँच कार्यक्रममा विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादव, प्रदेश प्रत्याशी दिपनारायण यादव, नगर अध्यक्ष सुरेश साह, नगर प्रत्याशी अमृत महतो, वडा प्रत्याशी कुशेश्वर मण्डल लगायत नेताहरू सहभागी थिए।

सहिद राम मनोहर यादवको सम्मानमा निर्माण गर्न लागिएको यस पार्कले स्थानीय क्षेत्रको पहिचान संरक्षणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। प्रदेश गौरव योजनाअन्तर्गत अघि बढाइएको यो परियोजनाले ऐतिहासिक महत्व बोकेको धनुषाधाम क्षेत्रलाई थप आकर्षण प्रदान गर्ने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर