रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेकपा(एस)कमला नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

धनुषा, क्षेत्र नं २ – नेकपा एकीकृत समाजवादी कमला नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता सोभित महतोले गर्नुभएको थियो।

उक्त अधिवेशनका प्रमुख अतिथि पार्टीका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री शत्रुधन महतो, पार्टी नेता श्रीप्रसाद साह, प्रदेश सांसदद्वय रत्नेश्वर लाल गोईत र प्रमोद यादव, पार्टी महिला नेतृ वेद कुमारी मण्डल, जिल्ला अध्यक्ष रामचन्द्र पण्डित, जिल्ला सचिव राजकुमार यादव, रामऔतार पासमान, सहदेव मुखियालगायत नेताहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले सर्वसम्मत रूपमा धनेश्वर यादवको अध्यक्षतामा ४५ सदस्यीय कमला नगरपालिकाको नगर कमिटी गठन गरेको छ। अधिवेशनमा उपस्थित नेताहरूले संगठन सुदृढीकरण, समाजवाद उन्मुख मार्गदर्शन, तथा स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्ने विषयमा महत्वपूर्ण विचार व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर