जनकपुरधाम, माघ २८ – मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले जनकपुरधामको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन कडा नीति अवलम्बन गर्न थालेका छन्। धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण यो सहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित उनले नयाँ कदम चालेका हुन्।
मुख्यमन्त्री सिंहले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसँग फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गरेका छन्। उनले नगरवासीलाई सचेत रहन आग्रह गर्दै निश्चित डस्टबिनमा मात्र फोहोर फ्याँक्न र उपमहानगरपालिकाका ट्याक्टर तथा साधनमै फोहोर व्यवस्थित रूपमा राख्न अनुरोध गरेका छन्।
फोहोरमैला जथाभावी फाल्ने गैरजिम्मेवार नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ। त्यस्ता व्यक्तिले जरिवाना तिरेपछि मात्र उन्मुक्ति पाउने व्यवस्था लागू गरिएको छ।
नगरवासीलाई सफाइप्रति सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री सिंहले भने,हाम्रो कर्तव्य भनेको जनकपुरधामलाई स्वच्छ, सुन्दर र सभ्य बनाउनु हो। यसका लागि सबैको सहयोग आवश्यक छ।
सरकारको




