धनुषा — हंसपुर नगरपालिकाका प्रधानाध्यापकहरूले आफ्नो विभिन्न माग राख्दै प्रमुख प्रशासकीय अधिकृत सर्वजित कुमार झा समक्ष ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले आफ्ना माग पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।
ज्ञापनपत्रमा सुरक्षित एवं भयमुक्त वातावरण निर्माण गर्नुपर्ने, श्री तपसी बाबा मावि टी ल्हिको समस्या समाधान गर्नुपर्ने, गैरकानुनी रूपमा गरिएको सरुवा फिर्ता गर्नुपर्ने, प्रधानाध्यापकहरूमाथि भएको दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्नुपर्ने जस्ता माग समेटिएको छ।
त्यसैगरी, दिउँसो खाजा लगायतका शीर्षकमा निकासा हुने रकम रोक्का नराखी विद्यालयलाई उपलब्ध गराउनुपर्ने, वर्षौंदेखि विद्यालयको खातामा रोक्का रहेको रकम फुकुवा गर्नुपर्ने, तथा शिक्षक तथा प्रधानाध्यापकका समस्याहरू अविलम्ब समाधान गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्।
प्रधानाध्यापकहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्। नगरपालिकाले उनीहरूको मागबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
हंसपुरमा प्रधानाध्यापकले बुझाए ज्ञापनपत्र ,माग पूरा नभए आन्दोलनमा जाने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




