रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनयुद्ध दिवसका अवसरमा सबैला नगरपालिकामा सार्वजनिक विदा

[sharethis-inline-buttons]

सबैला , माघ ३० – जनयुद्ध दिवसको अवसरमा सबैला नगरपालिकाले फागुन १ गते ९विहीवार० का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

नगर प्रमुख कारीराम यादवद्वारा जारी सूचनामा जनाइएअनुसार, नगर कार्यपालिकाको मिति २०८१र१०र२९ गतेको निर्णयअनुसार सार्वजनिक विदा दिने निर्णय गरिएको हो। यस निर्णयअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य संघसंस्था बन्द रहनेछन्।

जनयुद्ध दिवसको अवसरमा नगरवासीहरूलाई शुभकामना व्यक्त गर्दै नगर प्रमुख यादवले यस दिनको ऐतिहासिक महत्वलाई स्मरण गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर