रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शौर्य सिमेन्ट उद्योगको प्रदूषणले मिर्चैयाका किसान मारमा

[sharethis-inline-buttons]

रामनारायण ठाकुर , मिर्चैया – मिर्चैया नगरपालिका वडा नं. १ स्थित शौर्य सिमेन्ट उद्योगको धुलो र प्रदूषणका कारण यहाँका किसान र व्यापारीहरू समस्यामा परेका छन्। विशेष गरी आँप खेतीमा गम्भीर असर परेको छ। उद्योगबाट निस्किएको प्रदूषणका कारण आँपमा मजर फुल्न कठिनाइ भएको किसानहरूको गुनासो छ।

आँप व्यापारीहरू धमाधम बगैंचाको ठेक्का छोड्दै गइरहेका छन् भने किसानहरू उत्पादन घटेको बताउँछन्। मिर्चैया नगरपालिकाको पश्चिम क्षेत्रमा रहेको सिमेन्ट उद्योगको धुलोले बासिन्दा, पशुपंक्षी, खेतीपाती र वनस्पतिमा प्रत्यक्ष असर पारिरहेको भए पनि स्थानीय प्रशासन र सरोकारवाला निकाय मौन छन्।

यस क्षेत्रका किसान र व्यवसायीहरूले बारम्बार गुनासो गर्दै आए पनि कुनै सम्बोधन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। स्थानीयहरूले सिमेन्ट उद्योगमा भारतीय नागरिकलाई मात्र रोजगारी दिने गरेको आरोपसमेत लगाएका छन्।

सिरहा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष चन्देश्वर साह, आँप व्यापारी देवशरण साफी, किसान शम्भु श्रेष्ठलगायतले समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन्। यदि समयमै उपाय खोजिएन भने मिर्चैयाको कृषि र वातावरणमा गम्भीर असर पर्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर