रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

२४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन, जनकपुर भन्सारले

[sharethis-inline-buttons]

 

फागुन १६ जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१र८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य ५७ करोड ७ लाख १७ हजार रुपैयाँ रहे पनि हालसम्म केवल ४३ प्रतिशत मात्र राजस्व उठेको भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए। उनका अनुसार, राजस्व सङ्कलन दर महिनैपिच्छे उतारचढाव देखिएको छ। साउन महिनामा ७७।७८ प्रतिशत, भदौमा ५६ प्रतिशत, असोजमा ७७।४५ प्रतिशत, कात्तिकमा ६८।७१ प्रतिशत, मङ्सिरमा ७६।६० प्रतिशत, पुसमा ८६।३१ प्रतिशत, माघमा ७९।६५ प्रतिशत तथा फागुन १५ गतेसम्म २५।७९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ। जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कच्चापदार्थ र घरायसी सामग्री आयात हुने गरेको भन्सार अधिकृत दासले बताए।जनकपुर भन्सारअन्तर्गत इनरुवा, मैनाथपुर र भडडीया छोटी भन्सार कार्यालयसमेत छन्, जसलाई पाँच हजार रुपैयाँसम्मको भन्सार राजस्व लिने अधिकार छ। राजस्व सङ्कलन लक्ष्यभन्दा कम हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रणको कमजोरी, आर्थिक मन्दी तथा अन्य विविध चुनौतीहरू रहेको भन्सार कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर