जनकपुरधाम २२ फागुन । ७ सहसचिवको सरुवा, खोटाङ र ओखलढुंगा । ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा। नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो ।त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ । रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ । नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । नुवाकोटमा रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
तपाईको प्रतिक्रिया




