रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौं : सांसद मनिष झा

[sharethis-inline-buttons]

 

२३ फागुन, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरूले कानून नमान्दा दुर्घटना बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले स्थानीय तहका जनप्रतिनिधिहरूको लगानी भएका टिप्परले कानून मान्ने नगरेको उनको आरोप छ। टिप्परको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ। सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ, उनले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर