रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिराहा जिल्लाका तीन नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु हुँदै

[sharethis-inline-buttons]

सिराहा, २०८१ फागुन २६ – सिराहा जिल्लाका मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका र कल्याणपुर नगरपालिकाका नागरिकका लागि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य आगामी चैत ३ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय, सिराहाबीच २०८१ फागुन २१ गते भएको समझौताअनुसार यी तीन नगरपालिका क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्न दर्ता स्टेशन सञ्चालन गरिने भएको हो।

मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रंजन बरालले सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजिकरण गर्न अनुरोध गरेका छन्।

मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले भने यस सेवाले सम्बन्धित नगरपालिकाका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रियामा सहजता ल्याउने विश्वास लिएको छु।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर