रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कर्जन्हा नगरपालिकामा बेथितिविरुद्ध तालाबन्दी

[sharethis-inline-buttons]

 

रामनारायण ठाकुर , सिरहा – कर्जन्हा नगरपालिकामा बढ्दो बेथिति, प्रशासनिक लापरबाही र निर्णय कार्यान्वयनमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीय नागरिक, किसान, व्यवसायी तथा सामाजिक अभियन्ताहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

स्थानीयहरूले नगरपालिकाले बारम्बार नागरिक सरोकारका विषयलाई वेवास्ता गरेको, महत्वपूर्ण निर्णयहरू कार्यान्वयन नगरिएको र पारदर्शिताको अभाव रहेको भन्दै तालाबन्दी गरेको जनाएका छन्।

१। प्रशासनिक लापरबाही

नगरपालिकाको प्रशासकीय भवन निर्माणबारे ठोस निर्णय किन भएको छैनरु
गाउँ ब्लक जग्गाका लालपुर्जा वितरण अझै किन रोकिएको छरु
हिउँदो नगरसभा कहिले बस्नेरु
२। विकास योजना र बजेट कार्यान्वयनमा ढिलाइ
कोल्ड स्टोर निर्माण कुन चरणमा छ, किन ढिलो भइरहेको छरु
विगतका कार्यपालिका बैठकका निर्णयहरू किन कार्यान्वयन भएनन्रु
किसान सूचीकरण कार्यक्रमको बजेट के(कति प्रयोग भयो, के(कति कार्यान्वयन नै भएनरु
२०८० साल चैत्र मसान्तमा म्याद सकिएका पोखरीहरू हालसम्म ठेक्कामा नलगाउनुको कारण के होरु
३। रोजगारी र कर्मचारी व्यवस्थापन
रोजगार शाखाका संयोजकको नियुक्ति किन टुंगो लागेनरु
बि।एस। भेट पदमा कर्मचारी नियुक्ति किन गरिएको छैनरु
आन्तरिक शिक्षक दरबन्दी मिलान अनुसार सरुवा किन भएनरु
नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रतिस्पर्धाका आधारमा प्र० नियुक्ति किन लागू भएन
४। वित्तीय अनियमितता र सेवा प्रवाहमा लापरबाही
बि.एस.ए.जी का लागि संघीय सरकारबाट तलब(भत्ता स्वीकृत भइसके पनि कार्यान्वयन किन भएनरु
औषधि आपूर्ति किन अझै नगरिएको छरु
शैक्षिक सत्र सकिँदा पनि सेनेटरी प्याड किन खरिद भएनरु
प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नगरपालिकामै रहेर पनि अन्य स्थानबाट चेक काटिनु गलत अभ्यास भएकोले तुरुन्त रोक्नुपर्ने माग।
५। ठूला परियोजनाहरूको अन्योलता
सौर्य सिमेन्ट उद्योगसम्बन्धी निर्णय कार्यान्वयन किन भएनरु
कमला उत्खनन्को विषयमा लिइएको निर्णय अझै कार्यान्वयन नभएको कारण के होरु
नगरपालिकासँग स्थानीयहरूको माग – यथाशीघ्र समाधान नगरे थप आन्दोलन१ू उत्रेका स्थानीयहरूले नगरपालिकाले शीघ्र ठोस निर्णय गर्नुपर्ने, सार्वजनिक सम्पत्तिको पारदर्शी व्यवस्थापन गर्नुपर्ने र किसान तथा सर्वसाधारणका आवश्यकतामा ध्यान दिनुपर्ने माग राखेका छन्। यदि मागहरू सम्बोधन नगरिए तालाबन्दी अझ कडा पारिने, नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने तथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर