२९ फागुन, जनकपुरधाम ।फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत रूपमा प्रारम्भ भएको थियो । मधेशको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम पुन फर्किंदै छ । परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् । जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् । फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौंं श्रद्धालुहरु सहभागी हुने गर्दछन् ।
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




