जनकपुरधाम २९ फागुन। यातायात व्यवस्था कार्यालय धनुषाको कार्यालय भवन तथा आधुनिक ट्रायल सेन्टरको भूमि पुजन जनकपुरधाममा सम्पन्न भएको छ ।गुठी संस्थानले लिजमा उपलब्ध गराएको सिताकुण्ड मन्दिरको स्वमामित्वमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं। ८ ज्ञानकुप स्थित एक विग्घा जग्गामा यातायात व्यवस्था कार्यालयको भवन तथा आधुनिक ट्रायल सेन्टरको भूमि पुजन गरिएको हो ।यातायात व्यवस्था कार्यालयका प्रमुख धनन्जय कुमार सिंहको अध्यक्षतामा भएको भूमि पुजन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र श्रमतथा यातायातमन्त्री कौशल किशोर रायले संयुक्त रुपमा भूमि पुजन गरेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री सिंहले यातायात व्यवस्था कार्यालयको आफनै भवन र आधुनिक ट्रायल सेन्टर निर्माणले सेवाग्राहीलाई सहजहुनुका साथै विश्वसनीयतामा वृद्धि हुने विश्वास व्यक्त गरेका छन । उनले सम्भवतः नेपालकै पहिलो आधुनिक ट्रयाल सेन्टर जनकपुरमा निर्माण हुन लागेको समेत बताए ।त्यस्तै श्रम तथा यातायातमन्त्री रायले वर्तमान सरकार जनमुखी कार्यमा अगाडी बढेको दावी गर्दै वर्षौदेखी थन्किएको जग्गा उपलब्धता सम्बन्धि कार्य गराउन आफु सफल भएको दावी गरे । उनले आधुनिक ट्रायल सेन्टर जिम्मा निजी क्षेत्रलाई दिने तयारी भै रहेको उल्लेख गर्दै आधुनिक ट्रायल सेन्टरको निर्माणले विचौलियाहरुको विगबिगी अन्त हुने दावी समेत गरे कार्यक्रममा सिताकुण्ड मन्दिरका महन्थ राम नरेश दास, वडा अध्यक्ष दिनेश सिंह सहितको सहभागिता रहेको थियो ।




