रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रदेश सांसद यादवद्वारा विद्यालय भवनको शिलान्यास

[sharethis-inline-buttons]

 

जनकपुरधाम, फाल्गुन २९ – जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य तथा प्रदेश सांसद रामअशिष यादवले एक समारोहका बीच जिल्लाको शहिदनगर नगरपालिकास्थित श्री जनता ऐकाई माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गर्नुभएको छ।

शिक्षा सुधारका लागि प्रतिबद्ध सांसद यादवको पहल तथा मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा उक्त विद्यालय भवन निर्माण गरिनेछ। विद्यालयका प्राधानाध्यापक प्रदीप साहका अनुसार यस परियोजनाले विद्यार्थीलाई अझ सहज र व्यवस्थित अध्ययन वातावरण प्रदान गर्नेछ।

शिलान्यास समारोहमा शहिदनगर नगरपालिका वार्ड नं। ३ का अध्यक्ष मनोज कुमार दास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्र मंडल, वार्ड सदस्य प्रदीप यादव, शिक्षक गजेन्द्र यादव, कर्मचारी महेश्वर पंडित, स्थानीय अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदेश सांसद यादवले यसअघि आफ्नो पहिलो कार्यकालमा पनि विद्यालयलाई दुई कोठे कक्षा भवन निर्माणमा सहयोग पुर्याउनु भएको थियो। २०१६ सालमा स्थापित यस विद्यालयमा हाल नर्सरीदेखि अन्तर स्नातक तहसम्म २,००० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा आधारभूत शिक्षासँगै वाली विज्ञान, शिक्षा, र व्यवस्थापन संकायका पाठ्यक्रम सञ्चालनमा रहेका छन्।

विद्यालयका प्राधानाध्यापक साहले विद्यालयको भौतिक पूर्वाधार सुदृढ पार्दै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित विद्यालय भवन निर्माण कार्य अघि बढ्न लागेको जानकारी गराउनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर