धनुषा, २९ फागुन – जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक उमेश कुमार पाण्डे प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र अनुसार उनी प्राविधिक तर्फबाट पदोन्नति भएका हुन्।
बढुवी पश्चात मिति २०८१र११र२९ गते एक समारोहका बीच जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दर्ज्यानी चिन्ह प्रदान गर्दै उनलाई सुशोभन गरेका छन्। सो अवसरमा प्रमुख तिवारीले पाण्डेलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिसँगै थपिएको दायित्व र जिम्मेवारीलाई इमानदारीपूर्वक तथा नयाँ उत्साहका साथ निर्वाह गर्न निर्देशन दिए।
उनले प्रहरी कर्मचारीहरूलाई अनुशासन, प्रहरी आचरण र टिमवर्कलाई प्राथमिकता दिँदै प्रहरी सेवा प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए।




