धनुषा, चैत ७ — आज देशभर सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा शान्तिपूर्वक सम्पन्न भएको छ। धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित श्री माध्यमिक विद्यालय, पृतपुर पर्वता परीक्षा केन्द्रमा अङ्ग्रेजी विषयको परीक्षा बिहान ८:१० देखि १०:१० बजेसम्म सञ्चालन भयो।
उक्त परीक्षा केन्द्रमा जम्मा २२४ विद्यार्थी सहभागी हुनुपर्नेमा १०० छात्र र १०६ छात्राले परीक्षा दिएका छन् भने २ जना विद्यार्थी अनुपस्थित रहे। परीक्षा शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको केन्द्राध्यक्ष जागेश्वर प्रसाद साले जनाएको छ।
परीक्षा अवधिभर कुनै अप्रिय घटना नभएको र विद्यार्थीहरू निर्धक्कसँग परीक्षा दिन सफल भएको विद्यालय इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ। एसईई परीक्षालाई व्यवस्थित र निष्पक्ष बनाउन स्थानीय प्रशासन, शिक्षक, अभिभावक तथा सुरक्षाकर्मीहरूको सहयोग रहेको विद्यालयले जनाएको छ।
एसईई परीक्षा मावि पृतपुर पर्वतामा शान्तिपूर्ण रूपमा सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




