रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

स्वतन्त्र स्ववियु सभापति प्रज्जवल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

[sharethis-inline-buttons]

चितवन, चैत ८ – चितवन इञ्जिनियरिङ क्याम्पसका स्वतन्त्र तर्फबाट निर्वाचित स्ववियु सभापति प्रज्जवल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन्।

अधिकारीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा लगाएर स्वागत गरेका छन्। एक विशेष कार्यक्रमका बीच अधिकारीले अखिल (क्रान्तिकारी) मार्फत विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

उनको प्रवेशलाई माओवादी केन्द्रले स्वागत गर्दै विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर