रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कमला नहरको पानीलाई दूषित बनाउँदै स्थानीय

[sharethis-inline-buttons]

रामनारायण ठाकुर ,सिरहा – कमला नदीको पूर्वी सिँचाइ प्रणालीअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका वडा नं. १ र २ मन्हर्वास्थित नहर दिनप्रतिदिन दूषित बन्दै गएको छ। केही स्थानीय व्यक्तिहरूले नहरमा आफ्ना घरको ट्वाइलेट तथा ढलको पानी मिसाएर नहरको पानीलाई दुर्गन्धित बनाइरहेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन्।
कमला नहर हिन्दू धर्मअनुसार शुद्ध मानिन्छ र विभिन्न धार्मिक कार्यहरूमा प्रयोग हुँदै आएको छ। बडा दशैं, चैती दुर्गा पूजा, कृष्ण जन्माष्टमी, छठ पूजा, साउने सोमबारी पूजा जस्ता पावन अवसरहरूमा कमला नहरको पानीलाई पूजाका लागि पवित्र मानिन्छ। स्थानीय समुदायले नहरको पानी पिउने परम्परालाई निरन्तरता दिँदै आएका छन्। तर, केही अमानवीय व्यक्तिहरूको गैरजिम्मेवार क्रियाकलापका कारण नहरको पानी दुर्गन्धित र अस्वच्छ बन्दै गएको छ।
यस समस्यालाई समाधान गर्न स्थानीय प्रशासन, कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषा, र सम्बन्धित निकायहरूले अविलम्ब ध्यान दिनुपर्ने स्थानीयको माग छ। यदि तत्काल कदम चालिएन भने यसले वातावरणीय प्रदूषण मात्र होइन, स्थानीय जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्ने देखिन्छ।
सम्बन्धित निकायहरूले चाँडो भन्दा चाँडो आवश्यक कदम चालेर नहरको स्वच्छता कायम राख्न पहल गर्नुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर