धनुषा, चैत ९– नेकपा एमाले धनुषा निर्वाचन क्षेत्र नं. २ को समन्वय कमिटीको बैठक क्षेत्रीय संयोजक जयप्रकाश सुनरैतको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
बैठकमा पार्टी सुदृढीकरण, संगठन विस्तार तथा आगामी निर्वाचन तयारीका विषयमा गम्भीर छलफल गरिएको थियो। साथै, प्रदेशिक निर्वाचन क्षेत्र तथा विभिन्न पालिकाका इन्चार्जलाई विशेष सम्मान एवं स्वागत गरिएको थियो।
उक्त कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टीको सुदृढीकरणका लागि प्रतिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
तपाईको प्रतिक्रिया




