रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिङ्याही मडान स्वास्थ्य चौकी आफैं अस्वस्थ, सेवाग्राही मर्कामा

[sharethis-inline-buttons]

धनुषा – धनुषा जिल्लाको कमला नगरपालिका–७ स्थित सिङ्याही मडान स्वास्थ्य चौकीको अवस्था दयनीय बन्दै गएको छ। आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने चौकी नै अव्यवस्थित र अस्वास्थ्यकर अवस्थामा रहँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्।
स्वास्थ्य चौकीमा कार्यालय सहयोगी सहित चारजना कर्मचारी कार्यरत छन्। तर, बुधबार स्थलगत निरीक्षण गर्दा स्वास्थ्य चौकी इन्चार्ज सुरेश साह, स्वास्थ्यकर्मी मिथलेश राम र कास बरुण महरा अनुपस्थित रहेका भेटिए।
स्थानीयका अनुसार, नियमित रूपमा सेवाग्राहीले डाक्टर नपाउने, औषधि नपाउने तथा सरसफाइको अभाव झेल्नुपरेको छ। मिथलेश राम अपरेसनका कारण स्वास्थ्य बिदामा रहेको जनाइएको छ भने इन्चार्ज साह तालिमको लागि बाहिर रहेको जानकारी दिए। तर, तालिमबारे सोधपुछ गर्दा उनले स्पष्ट जवाफ दिन सकेनन्।
स्वास्थ्य चौकीमै फोहर, शौचालय बेहाल
यस स्वास्थ्य चौकीमा न त स्वच्छ खानेपानीको व्यवस्था छ, न सफा शौचालय। सेवाग्राहीले प्रयोग गर्नुपर्ने शौचालय अत्यन्त फोहर रहेको छ। चौकी परिसरमा जथाभावी फोहर फालिएको छ भने आवश्यक संरचनाहरू समेत जीर्ण अवस्थामा पुगेका छन्।
कमला नगरपालिका–७ का वडाध्यक्ष छठु मण्डलका अनुसार नया भवनको लागि जनकपुर आएको बताए ।
अर्को प्रश्नमा स्थानीय बासिन्दाले स्वास्थ्य चौकीको सरसफाइमा ध्यान नदिने मात्र होइन, तोडफोडसमेत गर्ने गरेको बताएका छन्। उनले भने, स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउनका लागि पहल गरिरहेका छौँ, तर स्थानीय तहबाट पनि साथ र सहयोग आवश्यक छ।
स्वास्थ्य चौकीमा आवश्यक सुधार नहुँदा बिरामीहरूले टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको छ। दैनिक रुपमा १५-२५ जना सेवाग्राहीले उपचारका आउने गरेको अनमी सुशीला सिंहाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर