रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कमला नगरपालिका ९ कावडाअध्यक्ष देशकै कान्छो वडाध्यक्ष मण्डलको नेतृत्वमा हिलोमुक्त वडा

[sharethis-inline-buttons]

धनुषाको कमला नगरपालिका वडा नम्बर ९ देशभरका स्थानीय तहका लागि प्रेरणादायी उदाहरण बनेको छ। यहाँका वडाध्यक्ष रणभिर सिंह मण्डल, जो देशकै कान्छा वडाध्यक्ष हुन्, आफ्नो सक्रिय नेतृत्वमा वडालाई हिलोमुक्त बनाउन सफल भएका छन्।
हिलोबाट सफा सडकतर्फको यात्रा
वडाध्यक्ष मण्डलको कार्यकालअघि यहाँका बासिन्दा हिलो, अव्यवस्थित बाटो र सधैंजसो हुने आवागमन समस्याबाट पीडित थिए। तर, अहिले अवस्था फेरिएको छ।
निर्वाचित हुँदा वडामा हिलोको समस्या निकै गम्भीर थियो। वर्षायाममा हिँड्नै कठिन हुने अवस्था थियो। अहिले भने सडक सुधारसँगै वडामा सहज आवागमन सम्भव भएको छ, वडाध्यक्ष मण्डल भन्छन्।
उनको नेतृत्वमा वडामा निम्न विकास परियोजनाहरू सम्पन्न भएका छन्स् २ वटा कल्भर्ट निर्माण – वर्षायाममा पानीको सहज निकासका लागि१४ वटा सडक ढलान – आवागमन सहज बनाउन।३ वटा सडकमा ग्राभेल र माटो भराइ – अस्थायी सुधारका लागि।वडा नम्बर १, ४, ५ र ६ सँग कनेक्टिभिटी सुधार स्थानीय सडक संरचना मजबुत बनाउन।
यसबाहेक, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा थप विकासका कार्यहरू भइरहेको वडाध्यक्ष मण्डल बताउँछन्।
वडाका स्थानीय बासिन्दाले हिलोमुक्त वडाको अनुभूति गर्न पाएका छन्। पहिले बाटो हिलोले भरिएको हुन्थ्यो। अहिले सफा, व्यवस्थित र हिँड्न सहज छ, एक स्थानीय बासिन्दा बताउँछन्।
देशकै कान्छा वडाध्यक्ष भएर पनि रणभिर सिंह मण्डलले वडाको भौतिक पूर्वाधारमा पुर्‍याएको सुधार सराहनीय छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर