रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

[sharethis-inline-buttons]

 

चैत १३, २०८१, काठमाडौं – संविधान र गणतन्त्रको रक्षा तथा प्रवर्द्धनका विषयमा छलफल गर्न विपक्षी दलहरुको बैठक जारी छ। नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा विपक्षी दलका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा हालको राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ भने संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, र समसामयिक राष्ट्रिय मुद्दामा दलहरूबीचको सहकार्यका विषयमा कुराकानी भइरहेको बताइएको छ।

विपक्षी दलहरूले पछिल्लो राजनीतिक परिदृश्यबारे साझा धारणा बनाउने प्रयास गरिरहेका छन्। बैठकको निष्कर्षबारे थप जानकारी केही समयमा सार्वजनिक गरिनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर