रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाको मावि मुलाबारी, भिमान धारापानीमा एईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

[sharethis-inline-buttons]

धनुषा, चैत १५ — धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–९ स्थित मावि मुलाबारी, भिमान धारापानीमा एईई परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। विद्यालयका प्रधानाध्यापक प्रदीप कुमार सिंहका अनुसार परीक्षा सुरुवातदेखि अहिलेसम्म कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ।

उक्त परीक्षा केन्द्रमा जम्मा २७२ जना विद्यार्थी सहभागी भएका छन्, जसमा १४४ जना छात्रा र १२८ जना छात्र रहेका छन्। यस्तै परीक्षामा ७ जना विद्यार्थी अनुपस्थित भएका छन्। ग्रेड वृद्धि तर्फ भने कुल १६ जना परीक्षार्थी सहभागी छन्। परीक्षाको सफल व्यवस्थापनका लागि केन्द्राध्यक्ष सहित १६ जना कर्मचारी खटिएका छन्।

यसैबीच, विद्यालयमा ० कक्षादेखि कक्षा ७ र कक्षा ९ सम्मका नियमित वार्षिक परीक्षा पनि सञ्चालन भइरहेको प्रधानाध्यापक सिंहले जानकारी दिनुभयो। साथै, कक्षा ११ र कक्षा १२ का नियमित पठनपाठन समेत यथावत रुपमा सञ्चालन भइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर