रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटना

[sharethis-inline-buttons]

१६ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान हुने भएको छ । शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ ।

व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुनेगरी अनुसन्धान अघि बढिसकेको छ । एक मन्त्रीका अनुसार, शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोधसभाका नाममा शुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत हुन गृहप्रशासनलाई निर्देशन दिएको एक मन्त्रीले बताए ।आन्दोलनकारीको नेतृत्व गरिरहेकाहरूले नै उग्र र भड्काउपूर्ण अभिव्यक्तिका साथ संगठित रूपमा हमला गरेकाले त्यसमाथि तत्काल अनुसन्धान अघि बढाउने कुरा भएको छ’ ती मन्त्रीले भने, ‘घरभित्र पसेका पत्रकारको ज्यान जानेगरी आगजनी भएको छ, सुरक्षाकर्मीको ज्यान लिने उद्देश्यले सवारीसाधन जबर्जस्ती अघि बढाएको छ, त्यसमा को को छन्, अनुसन्धान शुरु हुँदैछ । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ मा कसैको ज्यान मार्ने नियतले कुनै गतिविधि गर्न नपाइने उल्लेख छ । १० वर्षसम्म कैद र एक लाख रूपैयाँ जरिवाना हुनसक्ने यो कसुरमा दुर्गा प्रसाई लगायतमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भयो । एकीकृत समाजवादीको कार्यालय तोडफोड भएको छ भने पेरिसडाँडास्थित माओवादीको कार्यालयमा पनि आक्रमणको प्रयास भयो । प्रदर्शनकारीहरूले आक्रमण गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर खोज्दै हिंडेका थिए । उनीहरूले त्यहाँ एउटा सरकारी वकिलको कार्यालयको गाडी जलाएका थिए । आगजनी र राज्यविरुद्धको कसुरमा उनीहरूमाथि अनुसन्धान गर्ने तयारी छ । त्यसबाहेक प्रदर्शनकारीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पुगेर लुटपाट मच्चाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर