धनुषा, मिथिला विहारी – जनकपुरधाम आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानका साथै स्वादिष्ट लस्सीका लागि प्रसिद्ध छ। तर अहिले, धनुषा जिल्लाकै मिथिला विहारी नगरपालिका–२ स्थित पुरनदाहा बजारमा पनि लस्सी लोकप्रिय बन्दै गएको छ।
स्थानीय व्यवसायी संजय मण्डलद्वारा संचालित किसान डेरी उद्योगको लस्सी स्वादका कारण चर्चित हुँदै गएको छ। जनकपुरधाम आउने-जाने यात्रुहरू यो लस्सी चाख्न पुरनदाहा बजार पुग्ने गरेका छन्। स्थानीय बासिन्दा मात्र नभई अन्य ठाउँबाट आएका आगन्तुकहरूले पनि किसान डेरी उद्योगको लस्सीलाई असाधारण स्वादयुक्त भन्दै प्रशंसा गरेका छन्।
व्यवसायी संजय मण्डलका अनुसार, लस्सी शुद्ध दूध, प्राकृतिक,माटोको गिलास र मसला र परम्परागत विधिबाट तयार गरिन्छ, जसले यसको स्वादलाई विशिष्ट बनाएको छ। ग्राहकहरूको बढ्दो आकर्षणले उनको व्यवसाय झन् फस्टाउँदै गएको छ।
जनकपुरधामपछि पुरनदाहाको लस्सी चर्चामा आउनु स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धनका लागि राम्रो संकेत हो। यसले क्षेत्रीय स्तरमा उत्पादन तथा रोजगारीको अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।
जनकपुरधामपछि पुरनदाहाको लस्सी प्रसिद्ध बन्दै
				
							तपाईको प्रतिक्रिया
							
						
						 सम्बन्धित खबर 
								
			
			
							
                


																			
																			
																			
																			
																			
																			
