रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकाको १२औं हिउँदे अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

 

धनुषा,चैत १७– सबैला नगरपालिकाको १२औं हिउँदे अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख कारीराम यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत सबिर कुमार महतो, वडा नं. १ देखि १३ सम्मका वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन नगर उपप्रमुख रहिमा खातुनले गरेकी थिइन्। ठिल्ला स्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको थियो। अधिवेशनले नगरको विकास योजनाहरू, बजेट व्यवस्थापन तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर