रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार

[sharethis-inline-buttons]

१८ चैत, काठमाडौं । भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ । भाटभटेनीले गरेको मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ । ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ । त्यस्तै भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सीईओ पानु पौडेलले जानकारी दिए ।

फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो । चैत १५ गते राजावादीको अराजक समूहले कोटेश्वरको भाटभटेनी स्टोरको भवन तोडफोड गर्नुका साथै लुटपाट मच्याएका थिए । लुटपाटका क्रममा मौज्दात सामानवापत सबैभन्दा बढी नोक्सानी पुगेको देखिएको छ । लुटपाटमा संलग्न केही पक्राउ परेका छन् । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर