धनुषा, २०८१ चैत २१ – जनता समाजवादी पार्टी नेपाल, औरही गाउँपालिका वडा नं. ५ मा वडा कमिटी गठनका लागि बैठक सम्पन्न भएको छ। बैठक निर्वाचन अधिकृत शैलेन्द्र पासमानको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा विभिन्न प्रस्तावहरू छलफल गरी पारित गरियो।
बैठकमा कमलदेव मण्डल, रमेश कुमार आचार्य, कृष्ण मण्डल, विजय कुमार मण्डल, हबीभ अन्सारी, देवकी मण्डल, ब्रह्मदेव मण्डल, जिवछ रविदास, राजेन्द्र ठाकुर, योगेन्द्र लाल कर्णी लगायतका नेताहरूको उपस्थिति थियो। बैठकले वडा कमिटी गठन तथा अधिवेशन प्रतिनिधि चयनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै निम्न व्यक्तिहरूलाई वडा कमिटीको जिम्मेवारी प्रदान गरेको छ।
वडा कमिटी पदाधिकारीहरू:
अध्यक्ष: रमेश कुमार अधिकारी
उपाध्यक्ष: उमेश मण्डल
सचिव: बिरेन्द्र मण्डल
सदस्यहरू: कुरामा देवी, रामनारायण मण्डल, उमेश राउत
बैठकमा सहभागी नेताहरूले पार्टीलाई बलियो बनाउन वडा स्तरबाटै सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए। साथै, बैठकले जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी छलफल गरी आवश्यक निर्णयहरू पनि गरेको छ।
पार्टीका स्थानीय नेतृत्वकर्ताहरूले वडा स्तरदेखि नै संगठन सुदृढ गर्दै पार्टीलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।




