रामनारायण ठाकुर, सिरहा
सिरहाको कल्याणपुर नगरपालिका–डर्रोलका नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफ्नो खेल र खेलाडीहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। उनीहरूले अन्य खेल र तिनका खेलाडीलाई सरकारले दिएको जस्तो सहयोग कुस्तीले नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
कुस्ती खेलका पहलमान भरत यादवले राज्यले खेल क्षेत्रमा पक्षपात गरेको आरोप लगाए। “अन्य खेललाई प्राथमिकता दिइन्छ, तर कुस्ती खेलप्रति ध्यान दिइँदैन,” यादवले भने, “हामी पनि देशका लागि खेलिरहेका छौँ, तर सुविधाबाट वञ्चित छौँ।”
खेलाडीहरूले राज्यबाट समान अवसर र सुविधा सुनिश्चित गरिनुपर्ने माग गर्दै आएका छन्। उनीहरूको भनाइमा, कुस्ती जस्तो परम्परागत र लोकप्रेमी खेललाई पनि राष्ट्रिय स्तरमा पहिचान दिनु आवश्यक छ।
तपाईको प्रतिक्रिया




