रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाल शिक्षक महासंघले भोलिदेखि शैक्षिक हड्ताल गर्ने

[sharethis-inline-buttons]

काठमाडौं – नेपाल शिक्षक महासंघले भोलिबाट शैक्षिक हड्तालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौंमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हड्तालको घोषणा गरेको हो। यो अवधिमा उत्तर पुस्तिका परीक्षण,नतिजा प्रकाशन,तालिम गोष्ठी,सेमिनार,शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौं विज्ञप्तिमा भनिएको छ।विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै महासंघ गत माघ २० गतेदेखि आन्दोलित बनेको भो। यसैक्रममा फेरि चैत्र २० गतेबाट काठमाडौंमा आन्दोलन सुरू गरेको महासंघले भोलिदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर